दफा
विशेषज्ञ समिति गठन गर्न सक्ने
: (१) मन्त्रालयले विपद् व्यवस्थापन सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद् सम्बन्धी अध्ययन अनुसन्धान कार्यमा सल्लाह सुझाव उपलब्ध गराउन भूगर्भ विज्ञ, विशेषज्ञ चिकित्सक, विपद् व्यवस्थापन विज्ञ, वातावरण विज्ञ वा पूर्वाधार विज्ञ रहेको बढीमा पाँच सदस्यीय विशेषज्ञ समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको समितिका सदस्यको योग्यता, काम, कर्तव्य तथा निजहरुले पाउने सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।